सोमबार, वैशाख ८, २०८२

महिला यू-१९ एसिया कप : बंगलादेशसँग नेपाल ९ विकेटले पराजित

नेपालखोज २०८१ पुष ५ गते १५:५२

काठमाडौं । एसीसी यू-१९ महिला एसिया कप अन्तर्गत सुपर फोरको खेलमा बंगलादेशसँग नेपाल ९ विकेटले पराजित भएकाे छ ।

११ ओभरमा छोट्याइएको खेलमा नेपालले दिएकाे ५४ रन पछ्याएकाे बंगलादेशले एक विकेट क्षतिमा ९.५ ओभरमा लक्ष्य भेटेको हाे ।

वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । बंगलादेशसँग ९ विकेटको हार व्यहोर्दै नेपाल बाहिरिएको हो ।

बंगलादेशको एक मात्र विकेट कुसुम गोदारले लिइन् । यो जितसँगै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेको छ ।

प्रतिक्रिया