आइतबार, वैशाख ७, २०८२

नेपाल एसबिआई बैंकद्धारा गायत्री बेद बेदाङ्ग गुरुकुलम रत्ननगरमा उत्तरदायित्व कार्यक्रम

नेपालखोज २०८१ पुष ५ गते १७:०१

काठमाडौं । नेपाल एसबिआई बैंक ली. ले श्री गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालय गुरुकुलम रत्ननगर, चितवनलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गरेको छ ।

कार्यक्रममा बैंकका बागमती प्रदेश कार्यालय प्रमुख, प्रवीण मुनि बज्राचार्यले गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालय गुरुकुलमका प्राचार्य, श्री सुभाष चालिसेलाई औपचारिक रूपमा सहयोग रकम हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बैंक तथा गुरुकुल मका अन्य वरिष्ठ पदाधिकारी समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधि गर्दै आइरहेको छ ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटिएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया