मैत्रीपूर्ण खेलमा भुटानसँग नेपाल पराजित
नेपालखोज
२०८१ पुष ५ गते १८:१०

काठमाडौं । यू–१६ टोलीसँगको मैत्रीपूर्ण खेलमा भूटानसँग नेपाल पराजित भएको छ । दशरथ रङ्गशालामा आज भएको खेलमा भूटानले नेपालमाथि ५–१ को जित निकालेको हो । भूटानले खेलको पहिलो ‘हाफ’ मा नै ३–० गोलको अग्रता लियो ।
यस्तै, खेलको दोस्रो ‘हाफ’मा भूटानले फेरि दुई गोल थप्यो । नेपालले भने खेलको अन्तिमतिर एक सान्त्वना गोल फर्कायो ।
खेलको २५औँ मिनेटमा भूटानकी सोनाम छोगेलले गोल गरिन् । त्यसपछि भूटानका लागि कप्तान छिरिङ ल्हामोले खेलको ३५ र ४०औँ मिनेटमा दुई गोल गरिन् ।
खेलको ६६औँ मिनेटमा छोगेलले दोस्रो गोल गरिन् । खेलको ८४औँ मिनेटमा उगेन सोमोले पेनाल्टीमा गोल गरिन् । नेपालका लागि सविना तामाङले खेलको ८७औँ मिनेटमा सान्त्वना गोल फर्काइन् ।
अब नेपाली यु–१९ टोलीले यही पुस ७ गते आइतबार भूटानी यु–१९ टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । रासस
सम्बन्धित
प्रतिक्रिया