सोमबार, वैशाख ८, २०८२

एनपीएलकाे फाइनल खेल आज, जनकपुर र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी ?

नेपालखोज २०८१ पुष ६ गते ६:४९

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फाइनल आज हुँदै छ । उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ ।

दुबै टिम प्रतियोगिताको लिग चरणबाट शीर्ष दुईमा रहँदै प्लेअफ आइपुगेका हुन्, । लिग चरणका सातमध्ये एक खेलमा मात्र हार व्यहोरेको सुदूरपश्चिमले १२ अंकसहित शीर्ष स्थान हाशिल गरेको थियो ।

दोस्रो स्थानमा रहँदै प्लेअफ आएको जनकपुरले समान खेल खेल्दा दुई हारसहित १० अंक जोडेको थियो ।

प्रतिक्रिया