वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा पालुङटार नगरपालिका–७ च्याङली घर भई काठमाडौं टोखा ग्रिनल्याण्ड बस्ने २८ वर्षीय किशान कुमाल र खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ ओख्रे घर भई काठमाडौं बसुन्धारा बस्ने ३३ वर्षीय युवक खड्का रहेका छन् ।
पक्राउ मध्ये किशानले इजरायल पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३३ लाख ५० हजार रूपैयाँ र युवकले मलेशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरील किशानलाई काठमाडौं टेकुबाट शुक्रबार र युवकलाई काठमाडौं रत्नपार्कबाट शनिबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
फोटो राख्ने
नेपाल प्रिमियर लिगको फाइनल खेलमा सट्टेबाजी गर्ने दुई जना पक्राउ
नेपाल प्रिमियर लिगको फाइनल खेलमा सट्टेबाजी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तरप्रदेश आग्रा सिकान्द्रा पन्चायत घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने ४७ वर्षीय हरिस जावा र ३८ वर्षीय ऋषि मातन रहेका छन् ।
उनीहरूले काठमाडौं टोखा नगरपालिका–३ स्थित ग्रान्डी टावरको नेप्चुन अपार्टमेन्टको फ्ल्याटमा नेपाल प्रिमियर लिगको फाइनल खेलमा सट्टेबाजी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई मोबाइल ५ थान, ल्यापटप १ थान र सिमकार्ड ८ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जमिन मुनिबाट सुन निकालिदिन्छु भनी दुई करोड रुपैंयाँ ठगी गरेको अभियोगमा पक्राउ
जमिन मुनिबाट सुन निकालिदिन्छु भनी रकम ठगी गरेको अभियोगमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरी बस्ने ४२ वर्षीय सदाबुद्दिन हलवाईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
हलवाईले नेपालगंज उपमहानगरपालिका–१९ स्थित मोहनपुर ईट्टाभट्टा रहेको जमिनभित्र सुन रहेको र उक्त सुन निकालिदिन्छु भन्दै पीडितबाट पटक पटक गरी २ करोड रूपैयाँ ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई नेपालगंज उपमहानगरपालिका–४ बसपार्कबाट पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत बाँकेबाट ४ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट नौं जना पक्राउ
काठमाडौंको चन्द्रागिरी नगरपालिका ४ शिलाफलबाट नियन्त्रित लागूऔषध ट्रमाडोल ६५ ट्याबलेट सहित सोही ठाउँ बस्ने २९ वर्षीय दिपक खड्गीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ भन्सार नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका–२ शर्मा टोल बस्ने २५ वर्षीय देव शर्मा समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवनको रत्ननगर नगरपालिका–८ बाघमाराबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम तथा नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र स्टागन २० ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका–१३ बस्ने ३२ वर्षीय शरण राज अधिकारी र सोही नगरपालिका–५ बस्ने २७ वर्षीय सबिन सापकोटा रहेका छन् । अस्थायी प्रहरी पोष्ट मैनाहबाट खटिएको प्रहरीले बा.प्र.०३–००२ प ६३१० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक शरण र पछाडि सवार सबिनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
दाङको घोराही उपमहानगरपालिका–१४ मिलनचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका–१४ बस्ने झापा बिर्तामोड नगरपालिका–१ घर भएकी २२ वर्षीया पुजा मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङको धनपालथान गाउँपालिका–४ ललियाधारस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २५ ग्राम सहित सोही गाउँपालिका–३ सोह्रभाग बस्ने ३५ वर्षीय दिपेन्द्र मण्डललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै अनुसन्धानको क्रममा प्रहरीले उनको घर तलासी गर्दा थप ३५ ग्राम १ सय मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी बरामद गरेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–११ बस्ने ४२ वर्षीया उषा लिम्बुलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ट्याब्लेट र स्पास्पेन ६ सय ट्याब्लेट सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरान उपमहानगरपालिका–१६ अन्नपूर्णचोकस्थित उनको चियापसलबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
कपिलवस्तु, कपिलवस्तु नगरपालिका–११ भैस्टाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३४ वर्षीय अकवल अलिलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भरूवा बन्दुक सहित दुई जना पक्राउ
बराहक्षेत्र नगरपालिका–१ तल्लो बगुवा टोलबाट ३ नाल भरूवा बन्दुक सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४४ वर्षीय मन बहादुर राई र ४२ वर्षीय राजेन्द्र राई रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने ४० वर्षीय सुमन राईको भान्सा घरबाट उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले हाल फरार सुमनको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु
बारागढी गाउँपालिका–२ दौर्वा चोकस्थित सडकमा दौर्वाबाट मलाहीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ च २८१० नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीया कबित्री देबी महराको गए राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले पिकअप चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काभ्रेको नमोबुद्ध नगरपालिका–१० स्थित गणेश आधारभुत विद्यालयमा आइतबार दिउँसो आगलागी हुँदा खाद्यान्न सामाग्री, ल्यापटप १ थान र अन्य शैक्षिक सामाग्री जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–३ खोर्सानेखाप बस्ने अम्बीर बहादुर राईको गोठमा आइतबार बेलुकी आगलागी हुँदा काठपात र पराल जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–५ न्यूरोडस्थित भारत रूपैडिया घर भएका ४२ वर्षीय मुक्तार रहमानको किताब कपीको कवाडी संकलन केन्द्रमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया