सोमबार, वैशाख ८, २०८२

च्याम्पियन्स ट्रफीको खेल तालिका सार्वजनिक

नेपालखोज २०८१ पुष १० गते १३:३५


काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका सार्वजनिक भएको छ । खेल पाकिस्तानको रावलपिण्डी, लाहोर र कराँचीमा खेलाइनेछ ।

पाकिस्तानको कराँचीमा हुने प्रतियोगिताको फाइनल खेल आगामी मार्च ९ मा हुनेछ । आठ टोलीको सहभागिता रहने प्रतियोगितामा १५ खेल हुनेछन् ।

आईसीसीका अनुसार लाहोरले मार्च ९ मा हुने फाइनल पनि आयोजना गर्ने छ । तर, भारत फाइनलमा पुगेमा दुबईमा खेलिनेछ । सेमिफाइनल र फाइनल दुबईमा रिजर्भ डे हुनेछ ।

समूह ‘ए’मा भारतसँगै पाकिस्तान, बंगलादेश र न्युजिल्याण्ड छन् । पाकिस्तानले समूह ‘ए’को पहिलो खेल १९ फेब्रुअरीमा कराँचीमा न्यूजिल्याण्डसँग खेल्नेछ ।

भारत र बंगलादेशबीचको दुबई लेग भोलिदेखि शुरू हुनेछ । अर्थात् भारतको पहिलो खेल फेब्रुअरी २० मा हुनेछ ।

समूह ‘बी’का खेल २१ फेब्रुअरीबाट शुरू हुनेछन् । पहिलो खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकासँग कराँचीमा खेल्नेछ । २२ फेब्रुअरीमा लाहोरमा इंग्ल्याण्ड र अस्ट्रेलियाबीचको खेल हुनेछ ।

भारत र पाकिस्तानको खेल २३ फेब्रुअरीमा हुनेछ ।

प्रतिक्रिया