१२९ चिनिया खेलाडी चार्टर विमानमा पोखरा आइपुगे

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय ड्रागनबोट रेस-२०२४ का लागि १२९ चिनिया खेलाडी पोखरा आइपुगेका छन् ।
पोखरामा शुक्रबारदेखि सुरू हुने दोस्रो अन्तर्राष्ट्रिय ड्रागनबोट रेस-२०२४ मा सहभागी हुन चीनको छिन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको चार्टर जहाजमा पोखरा आइपुगेका हुन् ।
ड्रागनबोट रेस-२०२४ मा चीनको ८, सिंगापुरको १ र नेपालको ११ टिम सहभागी हुँदैछ ।
यसअघि पनि सिचुवानकै चार्टर जहाजमा चिनिया खेलाडी आएका थिए । सिचुवानकै जहाज चार्टरमा पोखरा आएको यो तेस्रोपटक आएको हो । यही कात्तिकमा पोखरामा भएको क्रसकन्ट्री दौड प्रतियोगितामा पनि चार्टर जहाजमा पोखरा आएका थिए ।
सिचुवानकै जहाज खेलाडी पोखरा विमानस्थल छाडेर काठमाडौं ओर्लनेछ । पोखराबाट ब्यवसायी, पत्रकारसहितको १२० जना काठमाडौं ओर्लने र पोखरा विमानस्थलबारे पत्रकार सम्मेलन गरि अन्तर्राष्ट्रिय उडानका निम्ता सरकारलाई दबाब दिने कार्यक्रम छ ।
प्रतिक्रिया