आइतबार, वैशाख ७, २०८२

नेपाल बैंक र काठमाडौं डेनटल हस्पिटल एन्ड रिसर्च सेन्टरबिच सम्झौता 

नेपालखोज २०८१ पुष ११ गते १३:०९

काठमाडौं । नेपाल बैंक र काठमाडौं डेनटल हस्पिटल एन्ड रिसर्च सेन्टरबिच सम्झौता भएको छ ।

बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई काठमाडौंको माछा पोखरीमा अवस्थित बुद्ध मलमा रहेको काठमाडौं डेनटल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । 

सो सम्झौता बमोजिम अस्पतालको विविध सेवामा लाग्ने शुल्कमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई विल रकमको ३० प्रतिशत र बैंकमा खाता रहेका ग्राहकलाई २५ प्रतिशतले छुट हुने भएको छ । उक्त सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र काठमाडौं डेनटल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लीको तर्फबाट अध्यक्ष दया सागर साहले हस्ताक्षर गरेका हुन । 

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीर बैंकमा खाता रहेका ग्राहकले काठमाडौं डेनटल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लीले प्रदान गर्ने दन्त र मुखसँग सम्बन्धित उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

प्रतिक्रिया