आइतबार, वैशाख ७, २०८२

विराटनगर महानगरको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग

नेपालखोज २०८१ पुष ११ गते १४:१५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने रानी-बरगाछी सडक सौन्दर्यीकरण परियोजनाका लागि दुई लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियान अन्तर्गत रानी-बरगाछी छ लेन सडकको डिभाइडरमा हरियाली सहित सडक सौन्दर्य करण परियोजनाका लागि बैंकले याे सहयोग रकम प्रदान गरेको हो ।

विराटनगर महानगरपालिकामा आयोजित एक कार्यक्रमका बिच मेयर श्री नागेश कोइरालालाई दुई लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण भएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ ।

हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोन पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोन पे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सरिआएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशै भरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टी.एम., ३ विस्तारित काउन्टर र ७४ शाखा रहित बैंकिङ इकाईबाट १८ लाख भन्दा बढी ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया