साङ्ग्रिला मोटर्स प्रालिले ‘नयाँ वर्ष एक्सचेन्ज कार्निभल २०२५’ सञ्चालन गर्ने
नेपालखोज
२०८१ पुष ११ गते १९:२२

काठमाडाैं । साङ्ग्रिला मोटर्स प्रालिले नयाँ वर्षको अवसर पारेर ‘नयाँ वर्ष एक्सचेन्ज कार्निभल २०२५’ सञ्चालन गर्ने भएको छ ।
यही २७ र २८ डिसेम्बरमा आयोजना हुन लागेको यस कार्निभलमा अटोमोटिभ दुनियाँका उत्कृष्ट अनुभवहरू अन्वेषण गर्ने अवसर प्राप्त हुने कम्पनीले जनाएको छ ।
बिहान १० बजे देखि साँझ ५ बजेसम्म सञ्चालन हुने कार्निभल काठमाडौंको गैरीधारास्थित सिल्भर ओकमा आयोजना हुने कम्पनीले बताएको छ ।
साँग्रिला मोटर्स आधिकारिक बिक्रेता रहेको ब्राण्डहरु लिपमोटर, सिट्रोन र प्युजोलाई कार्निभलमा प्रदर्शनीमा राखिने कम्पनीले जनाएको छ । कार्निभलमा आएर यी ब्राण्डका गाडीहरु टेष्ट ड्राइभ गर्न तथा बुकिङ गर्न सकिनेछ ।
विशेष छुटमा गाडी बुकिङ गर्न सकिने तथा एक्स्चेन्जमा पुरानो गाडीको अधिकम मूल्यांकन सुविधा उपलब्ध हुने जनाइएकोछ ।
सम्बन्धित
प्रतिक्रिया