आइतबार, वैशाख ७, २०८२

ज्योति विकास बैंक एक्सीलेन्स इन डिजिटल ट्रान्जिस्टर अवार्डबाट सम्मानित

नेपालखोज २०८१ पुष १२ गते ११:२६

काठमाडाैं । ज्योति विकास बैंकले उत्कृष्ट डिजिटल सेवाको साथै सबैभन्दा बढी डिजिटल कारोबार गर्दै विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेकोमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) द्वारा ‘एक्सीलेन्स इन डिजिटल ट्रान्जिस्टर’ अवार्डबाट सम्मानित भएको छ। 

एनसिएचएलको को १६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई विकास बैंक मध्ये उत्कृष्टताको लागि यो प्रतिष्ठित अवार्ड प्रदान गरेका हुन ।

बैंकले ग्राहकलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्ने अनलाइन र मोबाइल बैंकिङ प्लेटफर्मलाई सुव्यवस्थित गर्दै विभिन्न आधुनिक डिजिटल बैंकिङ सेवा र सुविधा उपलब्ध गराउँदै आएको छ । बैंकले विकास बैंकमा पहिलो पटक भ्वाईस अडियो बक्स क्युआर सेवा सुचारु गरी क्यु आर मर्चेन्टको सहजता सुनिश्चित गरेको छ ।

यसैगरी, डिजिटल बैंकिङ र नगद रहित कारोबार प्रवद्धन गर्दै क्रस-बोर्डर भुक्तानी सेवा पनि सञ्चालन गरेको छ । मोबाइल बैंकिङ एपमार्फत मुद्दती खाता खोल्न सकिने सुविधा, ज्योति स्मार्ट एपमार्फत एटिएमबाट पैसा झिक्न सकिने कार्ड लेस क्यास विथ ड्र सेवा, चेक बिना नै काउन्टरमा भएको क्युआर कोड स्क्यान गरी रकम झिक्न सकिने स्क्यान एन्ड वीथ ड्र सेवा, अनलाइनबाटै खाता खोल्न र सुचारु गर्न भिडियो केवाईसी सुविधा लगायत थुप्रै आधुनिक बैंकिङ सेवा बैंकले उपलब्ध गराएको छ ।

यसका साथै, देशभरिका व्यवसायीलाई नि:शुल्क क्यु आर कोड सेवा प्रदान गर्दै बैंकले डिजिटल कारोबारलाई थप प्रोत्साहित गर्दै डिजिटल बैंकिङको विकासमा महत्त्वपूर्ण योगदान दिइरहेको छ । अत्याधुनिक डिजिटल अभ्यासलाई उच्च प्राथमिकता दिँदै बैंकसँगको कारोबारलाई थप सबल र प्रभावकारी बनाउन बैंक प्रतिबद्ध छ ।

प्रतिक्रिया