आइतबार, वैशाख ७, २०८२

एभरेष्ट बैंकद्वारा फिदिम र फुङलिङमा आफ्नो १३० औँ र १३१ औँ शाखा शुभारम्भ

नेपालखोज २०८१ पुष १२ गते १३:३३

काठमाडौं । एभरेष्ट बैंकले फिदिम र फुङलिङमा आफ्नो १३० औँ र १३१ औँ शाखा शुभारम्भ गरेको छ ।

बैंकका अनुसार कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधा उपलब्ध गराउने उद्देश्यका साथ बिहीबार फिदिम नगरपालिका- १, पाँचथरमा १३० औँ शाखा र शुक्रबार फुङलिङ नगरपालिका वडा नं. ४, ताप्लेजुङमा १३१ औँ शाखाको शुभारम्भ गरिएको हो ।

यी दुई शाखाको सञ्चालन पश्चात् कोशी प्रदेशमा बैंकको शाखा सङ्ख्या २० पुगेको छ । यससँगै देशभर छरिएर रहेका बैंकका सम्पूर्ण शाखा सञ्जाल मार्फत आफ्नो सेवा विस्तार गर्न सम्पूर्ण ग्राहक महानुभावलाई सहज हुने विश्वास बैंकले लिएको छ ।

पन्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहक रहेका छन् । देशै भरी छरिएर रहेको आफ्नो १३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६७ ब्त्ः सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र क्ःक् बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया