सोमबार, वैशाख ८, २०८२

अष्ट्रेलियासँग भारत १८४ रनले पराजित

नेपालखोज २०८१ पुष १५ गते १२:५५

काठमाडौं । मेलबर्न टेस्टमा अस्ट्रेलियाले भारतलाई १८४ रनले पराजित गरेको छ ।

अस्ट्रेलियाले दिएकाे ३४० रनको लक्ष्य पछ्याकाे भारतले १५५ रनमै सीमित भयो । योसँगै अष्ट्रेलियाले बोर्डर-गावस्कर ट्रफीमा २-१ को अग्रता बनाएको छ ।

भारतका लागि दोस्रो इनिङ्समा यशस्वी जैसवालले सर्वाधिक ८४ रनको इनिङ खेले । उनीबाहेक ऋषभ पन्तले ३० रन बनाए । यी दुईबाहेक अन्य कुनै पनि भारतीय ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

अष्ट्रेलियाका लागि कप्तान प्याट कमिन्स र स्कट बोल्याण्डले तीनरतीन विकेट लिए । नाथन लियोनले २ तथा मिचेल स्टार्क र ट्राभिस हेडले एक-एक विकेट लिए ।

अष्ट्रेलियाले ९ विकेट गुमाएर २२८ रन बनाएको थियो । पाँचौं दिनको सुरुमा अष्ट्रेलियाको टोली ६ रन जोडेर २३४ रनको स्कोरमा अलआउट भएको थियो र भारतलाई ३४० रनको लक्ष्य दिएको थियो ।

यस खेलमा अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । अष्ट्रेलियाले पहिलो इनिङ्समा ४७४ रनको ठूलो स्कोर बनाएको थियो, जवाफमा भारतले पहिलो इनिङ्समा ३६९ रन बनाएको थियो ।

प्रतिक्रिया