आइतबार, वैशाख ७, २०८२

लीपमोटर सी-१० अब नेपालगंजमा पनि

नेपालखोज २०८१ पुष १६ गते १२:५८

नेपालगन्ज । २०८१-साङ्ग्रिला मोटर्स प्रा. ली.ले लीपमोटरको प्रमुख मोडेल सी-१० गाडीलाई नेपालगन्जमा भव्य समारोहसहित सार्वजनिक गरेको छ । आधिकारिक डिलर सिपद्वारा आयोजना गरिएको कार्यक्रम मार्फत नेपालका इलेक्ट्रिक गाडी (EV) बजारको परिवर्तनमा लीपमोटरको प्रतिबद्धता व्यक्त गरिएको छ ।

पुस १५ गते सिद्धार्थ होटेलमा शुभ लाभ इन्टरप्राइजेज, नेपालगन्जले कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा पाँच वटा लीपमोटर सी-१० गाडी ग्राहकलाई आधिकारिक रूपमा हस्तान्तरण गरिएको थियो ।

आकर्षक डिजाइन र आधुनिक प्रविधिका लागि प्रसिद्ध लीपमोटर सी-१० अब नेपालगन्जका ग्राहकको लागि उपलब्ध हुनेछ र बुकिङ समेत आधिकारिक रूपमा खोलिएका छन् । यो मोडेल वातावरणमैत्री ग्राहकको लागि डिजाइन गरिएको छ जसले परिष्कृत र दिगो भविष्यलाई सोचेर बनाइएको छ ।

यसको अत्याधुनिक सुविधा र आकर्षक डिजाइनले उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्नेछ जुन इलेक्ट्रिक सवारीमै आफ्नो भविष्य सजाउनेको अत्यन्तै राम्रो छ ।

साङ्ग्रिला मोटर्स प्रा।ली। नेपालको प्रतिष्ठित घराना गोल्छा अर्गनाइजेसनसँग सम्बद्ध छ । यो कम्पनीले २०१७ देखि प्यूजो, २०२१ देखि सिट्रोएन र हाल लीपमोटरको एक मात्र आधिकारिक आयातकर्ता रहँदै आएको छ । अर्गनाइजेसन नेपालमा विश्व स्तरीय मोटर ब्रान्ड ल्याउन र नेपालीलाई विश्वस्तको सुविधा प्रदान गर्नको लागि सधैँ प्रतिबद्ध छ।

यो माइल स्टोन नेपालमा इलेक्ट्रिक गाडीको बढ्दो माग र साङ्ग्रिला मोटर्सको विश्व स्तरीय विद्युतीय सवारीको सेवा, सुविधा प्रदान गर्ने प्रतिबद्धता अनुरूप छ ।

प्रतिक्रिया