सोमबार, वैशाख ८, २०८२

भक्तपुरमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु

नेपालखोज २०८१ पुष १९ गते ११:५२

काठमाडौं । भक्तपुरमा दम्पती सवार स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मध्यपुर थिमी-२ मा सानोथिमीबाट मगरगाउँतर्फ जाँदै गरेको बागमती प्रदेश-०२-०२८ प ६६१० नम्बरको स्कुटर आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा परेर सानोथिमी बस्ने ३१ वर्षीय निश्चल प्रकाशराज भण्डारीको उपचारको क्रममा मृत्यु भएको छ । स्कुटर पछाडि सवारी उनकी पत्नी २८ वर्षीया पूजा श्रेष्ठको नर्भिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

स्कुटर प्रहरी प्रभाग सानोथिमीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया