नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा धादिङको धुनिवेशीमा शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका देशका विभिन्न स्थानमा बैंकिङ सेवा विस्तार गर्ने क्रममा धादिङको धुनिवेशीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले बागमती प्रदेश धादिङ जिल्ला धुनिवेशी नगरपालिका-९ टायलघर (व्यावसायिक प्रतिनिधि सञ्जीव खत्री) मा व्यावसायिक प्रतिनिधि मार्फत थप शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा केन्द्रको सङ्ख्या ७३ पुगेको छ ।
शाखारहित बैकिङ सेवा केन्द्रको स्थापना कार्यक्रममा बैंकका प्रतिनिधि, स्थानीय जन-प्रतिनिधि तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट मेगा बैँक लिमिटेड केन्द्रीय कार्यालय, डिजिटल पेमेन्टसङ विभागका आर्यन सिग्देलले शाखारहित बैकिङ सेवा तथा सोको प्रयोगका बारेमा जानकारी गराएका थिए ।
बैंकले व्यावसायिक प्रतिनिधिलाई स्थानियस्तरमा शाखारहित बैंकिङ सेवा उपलब्ध गराउने प्रयोजनको लागि आवश्यक विद्युतीय उपकरण उपलब्ध गराएको । व्यावसायिक प्रतिनिधि मार्फत ग्राहकले बचत खाता खोल्ने, बचत स्वीकार गर्ने, रकम भुक्तानी दिने, खाता मौज्दात तथा खाताको कारोबार विवरण निकाल्ने, एक खाता बाट अर्को खातामा रकमान्तर गर्ने, अन्य बैकको खातामा रकम जम्मा गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्ने, बिजुलीको बिल भुक्तानी, मोबाइल फोनको रिचार्ज सेवा लगायतका बैंकले तोकेका अन्य सेवा प्राप्त गर्न सक्नेछन् ।
बैंकले स्थापनाकाल देखि नै ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउने लक्ष्यका साथ शाखारहित बैकिङ सेवा केन्द्र सञ्चालन गर्दै आइरहेको छ । शाखारहित बैंकिङ सेवा ग्रामीण क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्ने महत्त्वपूर्ण औजारको रूपमा स्थापित रहँदै आएको छ ।
हाल नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २७५ वटा शाखा कार्यालय, ७३ वटा शाखारहित बैंकिङ सेवा केन्द्र, ६५ एक्सटेन्सन काउन्टर र २६५ वटा एटिएममार्फत आफ्ना ग्राहकलाई बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
साथै बैंकले भविष्यमा औपचारिक बैंकिङ सेवाबाट वञ्चित देशका विभिन्न ग्रामीण भेगका ग्राहकलाई लक्षित गरी सेवा केन्द्रह विस्तार गर्दागर्दै जाने योजना रहेको समेत जानकारी गराएको छ ।
प्रतिक्रिया