सोमबार, वैशाख ८, २०८२

अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ

नेपालखोज २०८१ पुष १९ गते २१:०५

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कपिलवस्तु बाणगंगा नगरपालिका–३ बस्ने ३३ वर्षीय बसन्त बस्याल र सप्तरी तिलाठी कोईलाडी गाँउपालिका–२ बस्ने ३४ वर्षीय लाल कुमार मण्डल रहेका छन् ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टादेखी काठमाडौंतर्फ आउँदै गरेका बा.प्र ०१–००१ ख २८५६ नम्बरको बसमा सवार बसन्तलाई करिब २१ ग्राम र बा.प्र.०१–००६ ख ५६५२ नम्बरको बसमा सवार लाल कुमारलाई करिब १५ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

लमजुङ । बेसीशहर नगरपालिका–७ मनाङचौतरास्थित न्यू तिलिचो होटलको कोठा नम्बर १ सय ५ मा लमजुङ मस्र्याङदी गाउँपालिका–३ खुदी घर भई मनाङ निसाङ गाउँपालिका–२ बस्ने ४६ वर्षीय कृष्ण बहादुर बस्नेत शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया