सोमबार, वैशाख ८, २०८२

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालखोज २०८१ पुष २२ गते १६:३०

कैलाली । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका–६ बनबेहडा बस्ने २७ वर्षीय अशोक भन्ने हरिराम चौधरीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

हरिरामले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बोलेरो दुर्घटनामा एक जनाको मृत्यु

हरिहरपुरगढी गाउँपालिका–२ जखौलीस्थित सडकमा ना.३ च ५९७६ नम्बरको बोलेरो अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा बोलेरोमा सवार सोही ठाउँ बस्ने २० वर्षीय कैलाश राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पताल हेटौंडामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार २ जनाको स्थानीय पोलिक्लिनिक झनझनेमा उपचार भइरहेको छ । प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं महानगरपालिका–१४ भुलेश्वर मार्गस्थित बाँके राप्ती सोनारी गाउँपालिका–१ घर भएकी ४५ वर्षीया प्रतिमा थापाको माया दिदी खाजा पसलमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा पसलमा रहेका फ्रिज १ थान, म्युजिक सिस्टम १ थान, खुद्रा सामान, काउन्टर ¥याक र नगद गरी करिब २ लाख १० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–१ धम्बोझी चन्दननाथ बस्ने मञ्जु गुरूङको बंसिका जनरल स्टोर तथा कस्मेटिक पसलमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा पसलमा रहेका कस्मेटिक सामानहरू जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया