बिहीबार, वैशाख ११, २०८२

भारतमा बस दुर्घटना, चार जनाको मृत्यु

नेपालखोज २०८१ पुष २२ गते १८:३०

काठमाडौं । भारतको दक्षिणी राज्य केरलामा सोमबार एउटा बस गहिरो खाल्डोमा खस्दा दुई महिलासहित कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य २९ जना घाइते भएका छन् ।

राज्यको इडुक्की जिल्लामा बिहान सबेरै भएको उक्त घटना बसको ब्रेक फेल भएर भएको आशङ्का गरिएको छ । बस केरला राज्य सडक यातायात निगमको थियो ।

घटनास्थलबाट शव निकालिएको र घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया