बजेटअघि श्रीलङ्काका राष्ट्रपति चीन भ्रमणमा जाने

श्रीलङ्का । श्रीलङ्काका राष्ट्रपतिले आफ्नो पहिलो राष्ट्रिय बजेटअघि अर्को हप्ता मुलुकको सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता चीनको भ्रमण गर्नुहुने सूचनामन्त्री नालिन्दा जयतिसाले मङ्गलबार बताएका छन् । यो भ्रमण राष्ट्रपति अनुर कुमार दिसानायकेको पहिलो बजेटभन्दा एक महिनाअघि हुन लागेको हो ।
भ्रमणले सन् २०२२ मा देशको सबैभन्दा खराब आर्थिक सङ्कटबाट भएको कष्टकर पुनप्र्राप्तिलाई कायम राख्ने उहाँको योजना प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । दिसानायके जनवरी १४ देखि तीन दिने भ्रमणमा जान लागेका मन्त्री जयतिसाले जानकारी दिए । सेप्टेम्बरमा निर्वाचित भएपछि यो उहाँको दोस्रो विदेश भ्रमण हुनेछ ।
गत महिना उनले क्षेत्रीय शक्ति भारतको भ्रमण गर्नुभएको थियो । सन् २०२२ मा कोलम्बोमा खाद्यान्न, इन्धन र औषधि जस्ता आवश्यक आयातका लागि विदेशी मुद्रा समाप्त भएपछि श्रीलङ्काले आफ्नो सार्वभौम ऋण चुक्ता गर्न नसकेको बेला अन्य सरकारबाट लिएको १४ अर्ब डलर ऋणको आधाभन्दा बढी हिस्सा चीनको थियो ।
वामपन्थी दिसानायकेले सन् २०२३ मा आफ्ना पूर्ववर्तीले वार्ता गरेको दुई अर्ब ९० करोड डलरको चार वर्षे अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) राहत ऋण कार्यक्रमलाई पहिले नै समर्थन गरिसक्नुभएको छ र राज्यको राजस्व बढाउन उच्च कर लगाउने योजना बनाउँछन् ।
धेरै ढिलाइपछि श्रीलङ्का सरकारले गत महिना आफ्नो दिवालिया स्थितिको अन्त्य गर्दै द्विपक्षीय ऋण र अन्तर्राष्ट्रिय सार्वभौम बन्ड दुवैको पुनर्गठन गरेको थियो । आधिकारिक स्रोतहरूका अनुसार श्रीलङ्काले चीनबाट थप आर्थिक सहायता माग्न सक्ने सम्भावना रहेको छ ।
दुई देशले सरकारी सञ्चार माध्यमहरूबीच नजिकको सहकार्य लगायत केही सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका छन् । राष्ट्रपति दिसानायकेको साथमा विदेशमन्त्री विजित हेराथ र यातायातमन्त्री विमल रत्नायके रहनेछन् ।
प्रतिक्रिया