सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
नेपालखोज
२०८१ पुष २५ गते ११:०७

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य १ लाख ५२ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेकाे छ । बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको थियाे ।
सम्बन्धित
प्रतिक्रिया