सोमबार, वैशाख ८, २०८२

खैरो हेरोइनसहित ५ जना पक्राउ

नेपालखोज २०८१ पुष २५ गते १२:१२

काठमाडाैं । प्रहरीले अवैध खैरो हेरोइनसहित ५ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका-१० बस्ने वर्ष २६ का तपेन्द्र पाली, सोही नगरपालिका-९ बस्ने वर्ष २५ का महेश ओड, वर्ष २७ का नवल बोहरा, धनगढी उपमहानगरपालिका-९ बङराकटान बस्ने वर्ष २६ का डम्बर ठगुन्ना र धनगढी उपमहानगरपालिका-१ शिवनगर बस्ने वर्ष १९ का सुरज थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाबाट प्रहरी नायव निरीक्षक गजेन्द्र बहादुर चन्दको कमान्डमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-९ को वडा कार्यालय नजिकबाट १ ग्राम ९१० मिलिग्राम खैरो हिरोइन, बङ्ग्राकटानबाट १३० मिलिग्राम र धनगढी उपमहानगरका-१ शिवनगरबाट ५० मिलिग्राम गरी जम्मा २ ग्राम ९० मिलिग्राम खैरो हेरोइनसहित ५ जनालाई पक्राउ गरेकाे हाे ।

प्रतिक्रिया