लागूऔषध र गैँडाको खाग सहित एक जना पक्राउ

झापा । मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित हिमालय गेस्ट हाउसबाट लागूऔषध र गैँडाको खाग जस्तो देखिने वस्तु सहित भारत वेष्ट बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधामलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले गेस्ट हाउसको १०२ नम्बरको कोठा तलासी गर्दा १ किलो ७ सय ग्राम तौलको गैँडाको खाग जस्तो देखिने वस्तु १ थान, अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय मिलिग्राम, नियन्त्रित लागूऔषध एथ्भ्भ्ख्इल् क्एब्क् एीग्क् १ सय ४४ ट्याब्लेट, डिजिटल तराजु १ थान र मोबाइल २ थान फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका–६ बस्ने ३६ वर्षीय रूपेश महर्जनलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
रूपेशले पोल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडिहरूतबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर धोबीघाटबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
सुन जस्तो देखिने धातु सहित दुई जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको सुन जस्तो देखिने धातु करिब १४९.११ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गेको छ ।
पक्राउ पर्नेहरूमा झापा कनकाई नगरपालिका–११ घर भएकी ३६ वर्षीया पुष्पा माले र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–१ घर भएकी ३२ वर्षीया फुर्पा लामु तामाङ रहेका छन् ।
नेपाल एयरलाईन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएकी पुष्पालाई ६७.५१ ग्राम र फुर्पालाई ८१.६० ग्राम उक्त धातु सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय सिनामंगल पठाइएको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २६ जना पक्राउ
काठमाडौंको दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ हजार ट्याब्लेट सहित रौतहट घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले ना.१ ज ८७५७ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–१६ जयसपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय उन्तियाज अली अन्सारी र २८ वर्षीया साहाना राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गको छ । इलाका प्रहरी कार्यालय जयसपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका–१३ लालापुरवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ मिलिग्राम सहित कोहलपुर नगरपालिका–२ मनकामना बस्ने २६ वर्षीय शुभम अधिकारी र सोही नगरपालिका–१ कौशिलानगर बस्ने २६ वर्षीय किरण राना मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भे. ११ प ६७६५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–१ शिवनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय सुरज थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–९ बङराकटानबाट अवैध लागूऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय डम्बर ठगुन्नालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय १० मिलिग्राम सहित कञ्चनपुर भिमदत्त नगरपालिका–१० बस्ने २६ वर्षीय तपेन्द्र पाली समेत ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०२–००३ प ५२०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित बाँसगढी नगरपालिका–५ बाँसगढी बस्ने ३४ वर्षीय धनिराम थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङको उर्लाबारी नगरपालिका–१ डाँगीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम, नियन्त्रित लागूऔषध स्पास्पेन १ सय ट्याब्लेट, ट्रामाडोल १ सय ट्याब्लेट र मोबाइल ६ थान सहित सोही ठाउँ बस्ने अमर मगर समेत ६ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–९ चाँदीबजारबाट अवैध लागूऔषध गाँजा करिब १ सय २० किलोग्राम सहित शहिदभूमि गाउँपालिका–१ गुर्दुम बस्ने ३४ वर्षीय नकुल राई समेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले चाँदीबजारबाट धरानतर्फ जाँदै गरेका ५ वटा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले उनीहरूले प्रयोग गरेको ५ वटा मोटरसाइकल समेत बरामद गरेको छ । साथै प्रहरीले मोटरसाइकल छोडी हाल फरार भएका २ जनाको खोजी गरिरहेको छ ।
दाङको घोराही उपमहानगरपालिका–१३ सिर्जनशील टोलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २४ किलो ७ सय १० ग्राम र नगद १५ हजार रूपैयाँ सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने प्युठान स्वर्गद्धारी नगरपालिका–२ घर भएका ३९ वर्षीय निम बहादुर आले, नौबहिनी गाउँपालिका–२ घर भएका २१ वर्षीया देउकली बुढामगर र रोल्पा त्रिवेणी गाउँपालिका–७ घर भएका २९ वर्षीय प्रकाश घर्ती रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–८ माथिल्लो सिस्नेरीस्थित सडकमा ज.१ ह ४१३१ नम्बरको अटो अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–९ बस्ने ३४ वर्षीय हरी माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
महोत्तरीको गौशाला नगरपालिका–२ स्थित उखु खेतमा ना.४ त ७९०९ नम्बरको ट्याक्टरको ठक्करबाट सोही नगरपालिका–४ रजखोर बस्ने २३ वर्षीया कञ्चन कुमारी महतोको छोरा ४ वर्षीय शिवम् महतोको बुधबार दिउँसो मृत्यु भएको छ । खेतमा उखु लोड गर्न आएको उक्त ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको सरकारी अस्पताल गौशालामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
मोरङको बेलबारी नगरपालिका–१० चाँदनी चोकस्थित सडकमा चाँदनी चोकबाट बुधबारेतर्फ जाँदै गरेको बेलबारी नगरपालिका १०४/२०८१/८२ नम्बरको सिटीसफारी अनियन्त्रित भई बुधबार बेलुकी दुर्घटना हुँदा सिटीसफारीमा सवार सोही नगरपालिका–१० बस्ने ५० वर्षीया मायादेवी राजवंशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिराट टिचिङ अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सिटीसफारी चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया