ट्रम्पले कार्यभार सम्हाल्नुअघि युक्रेनका सहयोगी राष्ट्रहरूले रक्षा बैठक

रम्स्टीन एयर बेस, जर्मनी । पश्चिमी सहयोगीहरू र युक्रेनी अधिकारीहरू राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित बिहीबार जर्मनीको एक अमेरिकी आधार शिविरमा भेला भएका छन् ।
यसलाई अमेरिकामा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले राष्ट्रपतिको सपथ लिनुभन्दा पहिले हुने उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) गठबन्धन सदस्यहरूको अन्तिम बैठकका रूपमा हेरिएको छ ।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले रामस्टीन एयर बेसमा हुने २५ औँ वार्तामा किएभका लागि पर्याप्त नयाँ सैन्य सहायता प्याकेजको घोषणा गर्ने अपेक्षा गरिएको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफू बैठकमा सहभागी हुने बुधबार अबेर मात्र बताएका छन् ।
जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियससँगै युक्रेनरक्षा सम्पर्क समूहको बैठकमा नेटोका महासचिव मार्क रुट र युरोपेली सङ्घका विदेश नीति प्रमुख काजा कल्लास पनि सहभागी हुने अपेक्षा गरिएको छ ।
करिब तीन वर्ष लामो युद्धमा संलग्न रूसी र युक्रेनी सेनाले जनवरी २० मा ट्रम्पको सपथग्रहणअघि नै आ–आफ्नो स्थान सुरक्षित गर्न खोजिरहेका छन् ।
प्रतिक्रिया