आइतबार, वैशाख ७, २०८२

गुह्येश्वरी मर्चेन्ट फाईनान्सको २३ औँ वार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०८१ पुष २८ गते १५:२२

काठमाडौं । गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । फाइनान्सले आइतबार हरिहर भवन, ललितपुरमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष युवराज भण्डारीले आ.ब. २०८०/८१ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । हाल संस्थाको कूल निक्षेप आठ अर्ब ३५ करोड र कर्जा पाँच अर्ब ८४ करोड रुपैयाँ रहेको छ ।

फाइनान्सले हाल चिफ बेस डेबिट कार्ड, एसएमएस अलर्ट, इ बैंकिङ, इसीसी, मोबाइल बैंकिङ, भेस डिपोजिट लकर, टप अप सेवा, रेमिटेन्स, डिपी, सि आस्वा, क्यु आर टेलर लगायतका सेवा प्रदान गर्नुका साथै व्यक्तिगत खाताको हकमा पाँच लाख सम्मको निक्षेप बिमाको समेतको व्यवस्था गरेको छ । 

राष्ट्रिय स्तरको फाइनान्सले सबै क्षेत्रमा गरी २३ वटा शाखा कार्यालय र चार वटा विस्तारित काउन्टरबाट ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । फाइनान्सले कारोबार विस्तारको लागि निकट भविष्यमा थप शाखा विस्तार गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले जानकारी दिए ।  

प्रतिक्रिया