आइतबार, वैशाख ७, २०८२

इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको वार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०८१ पुष २९ गते १४:३६

काठमाडौं । इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल (आईआईएन) को छैटौँ वार्षिक साधारण सभा वार्षिक प्रतिवेदन पास गर्दै आइतबार काठमाडौँमा सम्पन्न भएको छ ।

वार्षिक साधारण सभाको उद्घाटन गर्दै नेपाल बिमा प्राधिकरणका अध्यक्ष मदन दाहालले बिमा सम्बन्धी तालिम सँगसँगै बिमा दाबी भुक्तानीमा ढिलाइ लगायत नयाँ नयाँ विषयमा अनुसन्धान समेत गर्न इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाललाई निर्देशन दिए ।

इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालका संरक्षक समेत रहेका अध्यक्ष दाहालले बिमा क्षेत्रको विकासलाई अझै उचाइमा पु¥याउनका लागि आफ्नो क्षेत्रबाट मिहेनतका साथ अगाडि बढ्न पनि आईआईएनलाई निर्देशन दिए ।

अध्यक्ष दाहालले भने, ‘बिमा सर्भेवर र बिमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न तालिम लिएको हुनुपर्ने सम्बन्धमा अध्ययन गरी सुझाव दिन समिति गठन गरिएको छ, समितिबाट सुझाव आएपछि कार्यान्वयनमा ल्याइनेछ, देशभरका सबै बिमा सर्भेवर र बिमा अभिकर्तालाई तालिम दिनका लागि आईआईएनले तालिमलाई विकेन्द्रीकरण गर्दै तीव्रता दिनुपर्छ ।’

त्यस अवसरमा अध्यक्ष दाहालले इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको सञ्चालक समितिका पूर्व अध्यक्ष राजुरमण पौडेललाई कदर पत्र प्रदान गरे । इस्योरेन्स इन्ष्टिच्युट अफ नेपालको सञ्चालक समितिका अध्यक्ष दीप प्रकाश पाण्डेले आईआईएनको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।

इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील देव सुवेदीले आईआईएनले बिमा क्षेत्रका विशेषज्ञको सहभागिता तथा अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा समेत विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएको र स्नातकोत्तर तहमा बिमा विषयको अध्यापन तथा अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसँग समन्वयन एवं सहकार्य हुँदै आएको जानकारी दिए ।

साधारण सभामा आईआईएनका सञ्चालक समितिका सदस्य तथा शेयरधनी जीवन बिमा कम्पनी, निर्जीवन बिमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सहभागिता रहेको थियो ।

इस्योरेन्स इन्ष्टिच्युट अफ नेपालको संचालक समितिका अध्यक्ष दीप प्रकाश पाण्डेले आईआईएनको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालका प्रमुख कार्यकारी अधिकृत सुशीलदेव सुवेदीले आईआईएनले बिमा क्षेत्रका विशेषज्ञको सहभागिता तथा अन्तर्राष्ट्रिय सस्थासँगको सहकार्यमा समेत विभिन्न तालिम तथा कार्यक्रम संचालन गर्दै आएको र स्नातकोत्तर तहमा बीमा विषयको अध्यापन तथा अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसँग समन्वयन एवं सहकार्य हुँदै आएको जानकारी दिए ।

साधारणसभामा आईआईएनका संचालक समितिका सदस्य तथा शेयरधनी जीवन बिमा कम्पनी, निर्जीवन बिमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया