बिहीबार, वैशाख ११, २०८२

इन्डोनेसियाको सपिङ मलमा आगलागी, सातजनाको मृत्यु भएको आशंका

नेपालखोज २०८१ माघ ३ गते १७:४४

काठमाडौं । इन्डोनेसियाको जाकार्ता शहरको एक सपिङ मलमा बुधबार साँझ आगलागी हुँदा सातजना बेपत्ता भएको प्रहरीले बिहीबार जनाएको छ ।

घटना राति करिब ९:२० बजे ग्लोडोक प्लाजामा भएको हो । तामनसरी जिल्लाको जनघनत्व बढी भएको स्थानमा आगलागी भएको र आगलागीको समयमा धेरै आगन्तुक मलमा रहेको बताइएको छ ।

सहरको दमकल विभागले सपिङ मलमा लागेको आगो निभाउन ४० भन्दा बढी दमकल र २०० दमकल र अग्नि नियन्त्रक खटाएको छ ।

आगलागीको मुख्य कारणबारे अनुसन्धान गर्न दमकल र प्रहरीको टोली घटनास्थलमा रहेको नगर प्रहरीका प्रवक्ता आदे आर्य श्याम इन्द्रादीले स्थानीय पत्रकारसँग बताए ।

प्रतिक्रिया