सोमबार, वैशाख ८, २०८२

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

नेपालखोज २०८१ माघ ४ गते १७:०५

धनुषा । जनकपुर उपमहानगरपालिका–७ स्थित भमरपुराचोकदेखि वलुवा टोलतर्फ जाने सडकमा ना.६ ख ४५३७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री महोत्तरी, महोत्तरी गाउँपालिका–५ गौरीगामा बस्ने ६० वर्षीय सत्यनारायण साह तेलीको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

मध्यपुर थिमी नगरपालिका–१ मनहरास्थित विपि आँखा अस्पताल नजिक मनहरा खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

छ जना प्राविधिक प्रहरी अधिकृतहरू दज्र्यानी चिन्हद्वारा सुशोभित

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति हुनुभएका ६ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दज्र्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उनीहरूलाई दज्र्यानी चिन्हद्वारा सुशोभन गरेका हुन ।

नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ माघ ३ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा २ जना र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना गरी जम्मा ६ जना प्राविधिक प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।

दज्र्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी उपरीक्षकहरू प्रभा पौडेल र भुलाराज खनाल तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू डा. सुष्मा केसी, डा. पुजा खड्का, डा. दिपक भिन्दवार र डा. अनुज श्रेष्ठ रहेका छन् ।

दज्र्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दज्र्यानी चिन्हद्वारा सुशोभित हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । पदोन्नति प्रत्येक प्रहरी कर्मचारीको व्यक्तिगत र व्यावसायिक जीवनको महत्वपूर्ण पक्षको रूपमा रहेको उल्लेख गर्दै आगामी दिनमा पदोन्नति भएका प्रहरी अधिकृतहरूबाट सम्पादन हुने कार्यको गुणस्तरमा समेत बढोत्तरी हुने अपेक्षा लिएको बताए । साथै पदोन्नति सँगसँगै वृद्धि भएका जिम्मेवारीमा संगठनको लक्ष्य र उद्देश्य प्राप्तिको लागि उच्च स्तरको कार्यसम्पादन हुने विश्वास उनले व्यक्त गरे ।

समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी उपरीक्षक प्रभा पौडेलले संगठन प्रति निष्ठावान् रही आ–आफ्नो जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गरे । दज्र्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्य

नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले शुक्रबार जनाएको छ । प्रहरी नायव महानिरीक्षक आचार्यलाई ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया