सोमबार, वैशाख ८, २०८२

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपालखोज २०८१ माघ ६ गते १०:५०

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ८०० रुपैयाँ घटेर १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन तोलामा १ लाख ५७ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आइतबार घटेर तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार तोलामा १ हजार ८९० रुपैयाँ कायम भएको थियाे ।

प्रतिक्रिया