सोमबार, वैशाख ८, २०८२

क्यानले गर्‍यो सन्दीप लामिछानेलाई कारबाही

नेपालखोज २०८१ माघ ८ गते १४:४२

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट सन्दीप लामिछानेलाई कारबाही गरेको छ ।

अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेकाे विषयमा क्रिकेट लामिछानेलाई क्यानले कारबाही गरिएको हो ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला उनले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेका थिए ।

लामिछानेलाई क्यानले एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरण समेत सोधेको छ ।

सन्दीपले अब क्यानले आयोजना गर्ने कुनै प्रतियोगितामध्ये एक खेल खेल्न पाउने छैनन् । सोही विषयमा उनीसँग स्पष्टीकरण पनि सोधिएको छ ।

प्रतिक्रिया