सोमबार, वैशाख ८, २०८२

ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०८१ माघ १० गते १६:३१

काठमाडौं । ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी नुवाकोट ककनी गाउँपालिका-२ घर भएका ३५ वर्षीय कुशल ठकुरी भन्ने दिनेश घिमिरेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंबाट उक्त कसुरमा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनसुन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं ठमेलबाट पक्राउ गरेको हो ।

घिमिरेले विभिन्न व्यक्तिलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा आएको सुन, मोबाइल र भन्सारले लिलाम गर्ने गाडी सस्तोमा दिलाईदिने भनि आफ्नो तथा आफुले भनेका बैंक एकाउण्ट तथा आफ्नै खल्ती एप्समा रकम जम्मा गर्न लगाई ठगी गरी फरार रहेको घटनामा जिल्ला अदालत काठमाडौंबाट गत असोज २० गते पक्राउ पुर्जी जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया