आइतबार, वैशाख ७, २०८२

फुडमाण्डु अब बुटवलमा पनि

नेपालखोज २०८१ माघ १० गते २१:०१

काठमाडौं । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले औपचारिक रूपमा बुटवलमा आफ्नो सेवाको सुरुवात गरेको छ । आज बिहीबार बुटवलको डि क्राउन इनमा आयोजित उद्घाटन कार्यक्रममा यसको घोषणा गरिएको हो ।

काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा र चितवनमा आफ्नो सेवा विस्तार गरिसकेको फुडमाण्डुले १,००० भन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी गर्दै ३ लाखभन्दा बढी ग्राहकवर्गलाई सेवा पु¥याउँदै आएको छ । कम्पनीले हालै ʻवानमार्ट’ नामक नयाँ सेवाको पनि सुरुवात गरेको छ जसले किराना तथा अन्य उपभोग्य वस्तुहरुको तुरुन्त डेलिभरी गर्दछ ।

फुडमाण्डुले बुटवलमा २५ भन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी गरिसकेको छ। यी रेस्टुरेन्टहरूमार्फत बुटवल, तिलोत्तमा, कोटिहवा, फूलबारी, पिप्रैया, सैना मैना र वरपरका क्षेत्रमा सहज खाना डेलिभरीको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया