आइतबार, वैशाख ७, २०८२

सामसङ नेपालद्वारा बिस्पोक एआई लन्ड्री लाइनअपमा ९ किलो फ्रन्टलोड वाशिङ मेसिन थप

नेपालखोज २०८१ माघ १५ गते ११:२७

काठमाडौं । नेपालको लोकप्रिय र भरपर्दो इलेक्ट्रोनिक ब्रान्ड सामसङले हालै आफ्नो प्रिमियम बिस्पोक एआई दायरा विस्तार गर्दै, सामसङ नेपालले नयाँ बिस्पोक एआई ९ केजी फ्रन्ट-लोड वालिङ मेसिन नेपाली बजारमा ल्याएको छ ।

ठुला-लोडको लागि पूर्ण रूपमा उपयुक्त रहेको ९केजी बिस्पोक फ्रन्ट-लोड वालिङ मेसिनले उपभोक्तालाई सजिलै दैनिक लुगा धुने व्यवस्थापन गर्न, समय बचत गर्न र धुने क्षमतामा सम्झौता नगरी सुविधा बढाएको छ । एआई एलर्जी, एआई कन्ट्रोल, एआई इकोबबल र सुपर स्पिड जस्ता उन्नत प्रविधि प्रस्तुत गर्दै यी वालिङ मेसिनद्वारा लुगा धुने कामलाई काम जस्तो नलाग्ने बनाउने लक्ष्य राखेका छन् । 

सुपर स्पिड टेक्नोलोजीले, जेटलाई लुगा धुने प्रक्रियालाई गति दिन कपडामा पुग्न मार्गदर्शन दिने नजलको प्रयोग गरी वास साइकललाई ३९ मिनेट सम्ममा पूरा गर्दछ र हाइजीन स्टिमले ९९.९% ब्याक्टेरिया र एलर्जी हटाउँछ ।

यसमा लुगा धुने प्रक्रियालाई अझ प्रभावकारी बनाउन र ऊर्जा खपतलाई ७०% सम्म घटाउनको लागि एआई एलर्जी मोड पनि समावेश छ । एआई कन्ट्रोलले प्रयोगकर्ताको वाशह्याबित सिक्छ, र पर्सनलाइज्द साइकलको सुझाव दिई सम्पूर्ण प्रक्रियाको प्रयोगकर्तालाई जानकारी गराउने प्रणालीमार्फत लन्ड्रीलाई सरल बनाउँछ ।

त्यसपछि छ सामसङको इनोभेतिव एआई इकोबबल टेक्नोलोजी, जसले मेसिनमा डिटर्जेन्टलाई बबलमा रूपान्तरण गरी कपडाको फोहोरलाई कम तापक्रममा पनि कपडालाई नरम र प्रभावकारी धुलाई दिन्छ ।

डिजिटल इन्भर्टर टेक्नोलोजी (डीआईटि) ले यी वालिङ मेसिनमा २० वर्षको वारेन्टी र अत्यधिक स्थायित्वका साथ शान्त, ऊर्जा-दक्ष कार्यसम्पादन सुनिश्चित गर्दछ । सिल्क र आधुनिक बिस्पोक डिजाइनले कुनै पनि घरलाई पूरक बनाउनको साथै एक वासमै ठुला लोड ह्यान्डल गर्न सक्छ ।

मूल्य र उपलब्धता

दुई मोडलमा उपलब्ध-सामसङको नयाँ ९ केजी फ्रन्ट-लोड वालिङ मेसिनको मूल्य १०१,९९० रूपैयाँ बाट सुरु हुन्छ र प्रिमियम लन्ड्री सोलुसन पहुँच भित्र ल्याउँदै सामसङले २०% सम्म क्यासब्याकको साथ स्पेसल अफर उपलब्ध गराएको छ । यी उपकरण, ०% ब्याज ईएमआई अफर रहेको सामसङ इन्स्टा फाइनान्समार्फत खरिद गर्न सजिलो बनाइएको छ ।

लुगा धुने अनुभवलाई अपग्रेड गर्न खोज्ने उपभोक्ताहरूको लागि यस बिस्पोक एआई वालिङ मेसिन दायरामा सजिलो सँग अपग्रेड गर्न एक्सचेन्ज अफर पनि उपलब्ध छ । 

यो अफर आधिकारिक वितरक हिम इलेकट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक रिसेलर त्रिवेणी व्यापार प्राइभेट लिमिटेडद्वारा डिलर नेटवर्क प्यान नेपालभर उपलब्ध गराइएको छ । 

प्रतिक्रिया