भ्यालेन्टाइन सिजनको लागि सामसङ नेपालले ल्यायो ग्यालेक्सी एस २४ अल्ट्रा र जि सिरिजमा प्राइस् ड्रप

काठमाडौं । ग्यालेक्सी एस २४ सिरिज लन्चको साथ हामी सबैले ग्यालेक्सी एआईको नयाँ युगको सुरुवात देख्यौँ । त्यसपछि रिलिज भएका फोल्ड़ेबल्सको साथ स्मार्टफोन प्रयोगकर्ताको अन्तरक्रिया गर्ने तरिकालाई रूपान्तरण गर्दै ग्यालेक्सी एआईको क्षमतामा विस्तार भएको थियो ।
अब सन् २०२५ को भ्यालेन्टाइन सिजनमा, सामसङ नेपालले यी नयाँ ग्यालेक्सी जेड सिरिजका फोल्डेबल वा ग्यालेक्सी एस २४ अल्ट्रा स्मार्टफोनको साथ आफ्ना प्रियजनसँग आफ्नो माया बाँड्न सहज पार्नका लागि, प्राइस् ड्रप तथा बोनस फ्री गिफ्ट रहेको अफर मार्फत अझ सुलभ मूल्यमा बजारमा उपलब्ध गराएको छ ।
यो भ्यालेन्टाइन सिजनमा ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६ वा ग्यालेक्सी एस २४ अल्ट्रा (१२/२५६ जिबि) आफ्नो प्रियजनलाई गिफ्टको रुपमा खरिद गर्न चाहनु भएका ग्राहकले सो खरिदमा २५,००० रूपैयाँ सम्मको बचत गर्न सक्नु हुनेछन् ।
यस प्राइस् ड्रपका साथै ग्यालेक्सी जेड फोल्ड ६ को खरिद गर्दा ५,४९९ रूपैयाँ रहेको क्लियर केस र ग्यालेक्सी जेड फ्लिप ६ को खरिदमा ५,४९९ रूपैयाँ रहेको सिलिकन केस पनि ग्राहकले नि:शुल्क प्राप्त गर्न सक्नु हुने छन् ।
प्रतिक्रिया