सोमबार, वैशाख ८, २०८२

चौथो रत्नेचौर जागरण कप माघ १५ गते देखि सुरू

नेपालखोज २०८१ माघ १६ गते ५:५७

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१ मा मंगलबारदेखि एक लाख रुपैयाँ पुरस्कार राशिको चौथो रत्नेचौर जागरण कप भलिबल प्रतियोगिता सुरु भएको छ । रत्नेचौर जागरण समूहले आयोजना गरेको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर) र गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले उद्घाटन गरे ।

माघ १९ गतेसम्म सञ्चालन हुने खुल्लारपालिकारवडास्तरीय पुरूष भलिबल प्रतियोगितामा १३ टिमको सहभागिता रहेको जिल्ला भलिबल सङ्घ म्याग्दीका महासचिव कुमार किसानले बताए । उद्घाटन खेलमा बेनी नगरपालिका-१ र वडा नं २ को टिमलाई सोझो दुई सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

प्रतियोगितामा विजेता र उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रसहित एक लाख एक हजार १११ रुपैयाँ र ५१ हजार १११ रुपैयाँ पुरस्कार प्रदान गरिने रत्नेचौर जागरण समूहका अध्यक्ष खमबहादुर पुनले बताए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य गर्बुजा र गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले खेलकुदलाई व्यायम र मनोरञ्जनका लागि मात्र नभइ देशको प्रतिष्ठासँग जोड्नुपर्ने बताए ।

उनीहरूले रत्नेचौरमा निर्माणाधिन खेलमैदानलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया