महाकुम्भमा भागदौड हुँदा केही मानिसको मृत्यु भएको आशंका
नेपालखोज
२०८१ माघ १६ गते ९:१५

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भमेलाका क्रममा गएराति भागदौड हुँदा १५ जनाको मृत्यु भएको छ । मंगलबार मध्यरातमा भएको भागदौडमाकेही घाइते भएको बीबीसीले जनाएकाे छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले मृत्यु हुनेको संख्या बढ्नसक्ने र अहिलेसम्म १५ जनाको मृत्यु भएको जनाएको छ।
प्रहरीले पनि मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ । भागदौडपछि प्रसासनको अनुरोधमा १३ वटा आमावश्यमा अमृत स्नान गर्ने अखडाहरु बन्द गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया