बुधबार, वैशाख १०, २०८२

रुसद्वारा उपग्रह सङ्ख्या वृद्धि गर्ने योजना

नेपालखोज २०८१ माघ १६ गते ९:२६

मस्को । रुसले सन् २०३० सम्ममा आफ्नो उपग्रहको सङ्ख्या ६५० पुर्याउने योजना बनाएको रुसको अन्तरिक्ष निगम रोस्कोसमोसका प्रमुख युरी बोरिसोभले मंगलबार बताएका छन् ।

बोरिसोभले यस अन्तर्गत व्यावसायिक उपग्रहहरू समावेश नरहेको बताए ।

‘यस वर्ष, हामी एक महत्वाकांक्षी राष्ट्रिय परियोजना सुरु गर्दैछौं, जसले अन्तरिक्षमा हाम्रो उपस्थितिलाई बलियो बनाउने छ । हाम्रो उद्योगलाई प्राविधिक सार्वभौमसत्ता प्राप्त गर्न मद्दत गर्नेछ,’ उनले थपे ।

रुसको नक्षत्रमा हाल २८८ उपग्रह रहेको छ ।

प्रतिक्रिया