जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

प्युठान । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ऐरावती गाउँपालिका–५ बालबिसौना बस्ने ३३ वर्षीय कमल नेपालीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कमलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बरौलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै घटनामा संलग्न शंकास्पद १ जनालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ
पर्साको वीरगंज महानगरपालिका–१० आदर्श नगरबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँ सहित भारत बिहार राज्य पूर्वी चम्पारण मोतिहारी थाना रक्सौल घर भएका २७ वर्षीय ओम कुमार रौनियारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ क्यू ४३८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
बाराको बिश्रामपुर गाउँपालिका–३ मुसहर्वा चोकबाट स्रोत नखुलेको नगद ३ लाख २ हजार ५ सय ६५ रूपैयाँ सहित भारत ग्राम पंचायत जडवा मोतिहारी बस्ने ३८ वर्षीय प्रमोद प्रसाद साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.१४ प ७९२५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० पदमपुरस्थित सडकमा पिपिराबाट बजारतर्फ आउँदै गरेको क.प्र.०२००२ प ७७०६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७४ वर्षीया साबित्रा थापाको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिराहाको धनगढीमाई नगरपालिका–१० धनगढी चोकस्थित सडकमा चोहर्बाबाट लहानतर्फ जाँदै गरेको स.१ त ३८४४ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार कर्जन्हा नगरपालिका–६ बडहरा बस्ने २५ वर्षीय सुरेश मुखियाको मंगलबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आरके मेडिसिटी अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१६ बिजयनगर चोकस्थित सडकमा नयाँबस्तीबाट बिजयनगरतर्फ जाँदै गरेको ना.५७ प १९४१ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–१६ बिजयनगर बस्ने ८१ वर्षीया नन्दकला पौडेलको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको शिवसताक्षी नगरपालिका–११ झरना पुल नजिक सडकमा प्र.१–०२–००२ च ६४५४ नम्बरको पिकअप र प्र.१–०१–०१२ प ३३७१ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक शिवसताक्षी नगरपालिका–९ बस्ने १९ वर्षीय सुजल अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया