बुधबार, वैशाख १०, २०८२

पाकिस्तानमा भएको सवारी दुर्घटनामा तीनको मृत्यु, ४ घाइते

नेपालखोज २०८१ माघ १६ गते १८:०२

काठमाडौं । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको जामशोरो जिल्लामा बुधबार बिहान एउटा कार र यात्रुवाहक कोचबीच भएको ठक्करमा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका छन् ।

जिल्लाको सिन्धु राजमार्गमा तीव्र गतिमा रहेको कारले यात्रुवाहक कोचलाई ठक्कर दिँदा दुर्घटना भएको अधिकारीले जानकारी दिए।

प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर शव र घाइतेलाई जामशोरो सहरको अस्पतालमा लगिएको थियो ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चिकित्सकहरुले आशङ्का गरेका छन् । मृतक र गम्भीर घाइते सबै कारमा सवार रहेको उद्धार अधिकारीले बताए ।

प्रहरीले मुद्दा दर्ता गरी दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ ।

सडक दुर्घटना पाकिस्तानमा एक चिन्ताजनक मुद्दा हो । लापरवाहीले सवारी चलाउनु, सडकको खराब अवस्था र सवारी साधनको उचित मर्मतसम्भारको अभाव उच्च दुर्घटनाको मुख्य कारण हुन् ।

प्रतिक्रिया