सोमबार, वैशाख ८, २०८२

त्रिकोणात्मक टी–२० शृङ्खला आजबाट, उद्‌घाटन खेलमा नेदरल्यान्डससँग भिड्दै नेपाल

नेपालखोज २०८१ माघ १७ गते ८:००

काठमाडौं । नेपाल, नेदरल्यान्डस र थाइल्यान्डको त्रिकोणात्मक टी–२० शृङ्खला आजबाट शुरू हुँदै छ । शृङ्खलाको उद्‌घाटन खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ । खेल मध्याह्न १२ः१५ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । 

माघ २५ गतेसम्म सञ्चालन हुने शृङ्खलाका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छन् । शृङ्खलामा नेपाल र नेदरल्याण्ड्ससँगै थाइल्यान्ड पनि रहेको छ ।

नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट रहेकी छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० शृङ्खलाको ट्रफी बुधबार सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया