त्रिकोणात्मक महिला टी-२० आई शृंखला : नेदरल्याण्ड्सले नेपाललाई दियो १५८ रनको लक्ष्य
नेपालखोज
२०८१ माघ १७ गते १४:२१

काठमाडौं । त्रिकोणात्मक महिला टी-२० आई श्रृंखलाको पहिलो खेलमा नेदरल्याण्ड्सले नेपाललाई १५८ रनको लक्ष्य दिएकाे छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा जित्न नेदरल्याण्ड्सले नेपाललाई १५८ रनको लक्ष्य दिएकाे हाे । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनायो ।
नेदरल्याण्ड्सका लागि रोबिन रिकेले अविजित अर्धशतकीय पारी खेलिन् । उनले ४८ बलमा ८ चौकासहित ५९ रन बनाइन् । त्यस्तै आइरिस विलिङले १३ बलमा ३१ रनको फिनिसिङ पारी खेलिन् ।
सम्बन्धित
प्रतिक्रिया