नेपाल टिस्यु उद्योग संघको अध्यक्षमा यादव घिमिरे निर्वाचित

काठमाडौं । नेपाल टिस्यु उद्योग सङ्घको तेस्रो वार्षिक साधारण सभाले यादव घिमिरेलाई अध्यक्षमा निर्वाचित गरेको छ । बिहीबार लोकन्थलीस्थित अगेनो झिर सेकुवा कर्नरमा सम्पन्न सभाले नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्ष रामहरि कार्की चयन भएका छन् भने सचिवमा विष्णुप्रसाद बख्रेल, कोषाध्यक्षमा श्यामहरि लुइँटेल चयन भएका छन् ।
यसैगरी सदस्यमा प्रेमहरि मैनाली, निरञ्जन घिमिरे, राजेश श्रेष्ठ, अनिल प्रधान, सुनिला गोयल अग्रवाल चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष यादव घिमिरेले संघको सदस्यता विस्तार, मर्यादित तथा व्यवस्थित संगठन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साथै, टिस्यु पेपरको कच्चा पर्दाथमा सरकारले लगाउँदै आएको अन्तः शुल्क हटाउन पहल गर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि धर्मेन्द्र झाले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै, संघको अहिलेको समस्या र त्यसको समाधान गर्ने उपाय सुझाउँदै नेपाली टिस्यु पेपर पनि अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न पहल गर्न नवनिर्वाचित कमिटीलाई आग्रह गरेका थिए ।
संघका निवर्तमान अध्यक्ष मनोज मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुशील कुमार गोशाली र इन्द्र बहादुर कार्की अतिथिका रूपमा उपस्थित थिए ।
प्रतिक्रिया