आइतबार, वैशाख ७, २०८२

नेपालले दियाे नेदरल्याण्ड्सलाई १४६ रनको बलियो लक्ष्य

नेपालखोज २०८१ माघ २३ गते १४:०१

काठमाडाैं । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाको खेलमा नेपालले नेदरल्याण्ड्सलाई १४६ रनको बलियो लक्ष्य दिएको छ । नेपालले टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनायो ।

नेपालका लागि पुजा महतोले अविजित अर्धशतक बनाइन् । पुजाले ५१ बलमा पाँच चौकासहित ६२ रन बनाइन् । यो यस शृंखलाकै उच्च व्यक्तिगत स्कोर हो ।

कप्तान इन्दु बर्माले ३९ तथा रुबिना क्षेत्रीले २० रन बनाइन् । नेदरल्याण्ड्सका लागि आइरिस विलिङले २ विकेट लिँदा कारोलिन डे लाङ र हिथर सिगर्सले १-१ विकेट लिए ।

प्रतिक्रिया