आइतबार, वैशाख ७, २०८२

नेपाल माईक्रो इन्स्योरेन्स र मुक्तिनाथ बिकास बैंकबिच सम्झौता

नेपालखोज २०८१ माघ २३ गते २०:१०

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच सम्झौंता भएको छ । दुबै संस्थाहरुले बीमा व्यवसाय सहकार्य सम्बन्धमा द्विपक्षीय सम्झौता गरेका हुन् ।

सम्झौंतामा नेपाल माइक्रो इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमाल र मुक्तिनाथ विकास बैंकका तर्फकाट डेपुटी सीईओ समीर शेखर बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

सम्झौंता पश्चात इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रिमालले यो सहकार्यले निर्जिवन लघु बीमा सेवाहरू विस्तार गर्न नयाँ सम्भावनाहरू खोल्ने उल्लेख गर्दै व्यक्तिहरू र साना व्यवसायहरूलाई अप्रत्याशित जोखिमबाट जोगाउन सहयोग पुग्ने बताएका थिए ।

उनले आफ्नो कम्पनीले लघु बीमाको अनुभव र मुक्तिनाथ विकास बैंकको बैंकिङ पहुँचलाई समाहित गरेर सिमान्तकृत लगायत समुदायलाई सशक्त बनाउने लक्ष्य लिएको जानकारी दिएका थिए ।

कार्यक्रमा मुक्तिनाथ बिकास बैंकका डेपुटी सिईओ बज्राचार्यले पनि यो साझेदारी केवल व्यवसायका लागि मात्र नभई नविन कार्य र प्रभावका लागि भएको बताएका थिए ।

उनले अब मिलेर कम आय भएका जनसंख्याका वित्तीय चुनौतीहरूको समाधान गर्ने ग्राहक केन्द्रित उत्पादनहरू विकास गर्ने र त्यसले दिगो विकासलाई टेवा पुर्याउने बताए ।

प्रतिक्रिया