वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्घखाँची सन्धिखर्क नगरपालिका–८ घर भई ललितपुर, ललितपुर महानगरपालिका–१ बस्ने ३५ वर्षीया प्रभा श्रेष्ठ रायमाझी, बर्दिया राजापुर नगरपालिका–७ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० बस्ने ३४ वर्षीया सिर्जना पौडेल र खोटाङ हलेसी तुवाचुङ नगरपालिका–५ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका–४ बस्ने ३८ वर्षीय राकेशन राई रहेका छन् ।
पक्राउ मध्ये प्रभाले सिंगापुर पठाइदिछु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रूपैयाँ, सिर्जनाले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र राकेशनले युके पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट १९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रभालाई ललितपुर महानगरपालिका–१ बाट र सिर्जनालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० बाट आइतबार तथा राकेशनलाई भक्तपुर सूर्यविनायक नगरपालिका–४ बाट शुक्रबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
कैलालीको धनगढी उपमहानगरपालिका–२ वनदेवी मन्दिर नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ४० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय आरिफ अन्सारी, २५ वर्षीय राजेश शर्मा र सोही उपमहानगरपालिका–३ मिलन चोक बस्ने २० वर्षीय तुसार गुप्ता रहेका छन् ।
प्रहरी चौकी त्रिनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका–१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित कैलाली लम्कीचुहा नगरपालिका–२ बस्ने २३ वर्षीय महेश थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापाको हल्दीबारी गाउँपालिका–३ र भद्रपुर नगरपालिका–७ जोड्ने झोलुङ्गे पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हल्दीबारी गाउँपालिका–२ बस्ने २२ वर्षीय आषिश हेमरन, २३ वर्षीय रवि महतो र सोही गाउँपालिका–१ बस्ने ३१ वर्षीय सुजन राई रहेका छन् । प्रहरी चौकी जलथलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल समेत बरामद गरेको छ ।
भोजपुरको भोजपुर नगरपालिका–९ भोटेपसल टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट र स्पास्पेन १० ट्याब्लेट सहित टेम्केमैयुङ गाउँपालिका–२ बस्ने २२ वर्षीय कन्चन बस्नेतलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भोजपुर नगरपालिका–९ पिपलबोट टोल बस्ने अनिल राई र रमेश राईबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले अनिलको घर तलासी गर्दा नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ७ सय ९० ट्याब्लेट, स्पास्पेन १ हजार ५ सय ट्याब्लेट र अवैध लागूऔषध गाँजा १ सय २० ग्राम र रमेशको घर तलासी गर्दा नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६० ट्याब्लेट, स्पासपेन ५ सय ७० ट्याब्लेट फेला पारी दुवै जनालाई पक्राउ गरेको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–४ कार्किलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित कैलाली गोदावरी नगरपालिका–३ मालाखेती बस्ने २७ वर्षीय सुरज भट्टलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्राम सहित बाँसगढी नगरपालिका–५ बाँसगढी बजार बस्ने सोही नगरपालिका–८ घर भएका २५ वर्षीय धर्म गज रोकायलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतको बलेगाँउबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम १ सय १० मिलिग्राम सहित मनहरी गाउँपालिका–४ हाँडिखोला बस्ने २१ वर्षीय अमन प्रजालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय सानोपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया