आइतबार, वैशाख ७, २०८२

लुम्बिनी विकास बैंक र होटेल वृन्दावनबिच सम्झौता

नेपालखोज २०८१ माघ २९ गते १०:४८

काठमाडौं । लुम्बिनी विकास बैंकले होटेल वृन्दावन प्रा. ली. मा ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा छुट दिनको लागि सम्झौता गरेको छ । होटेल वृन्दावन प्रा. ली. पर्सा जिल्लाको वीरगन्ज उप-महानगरपालिका-१० मा अवस्थित छ ।

सम्झौतामा उल्लेख भए अनुसार लुम्बिनी विकास बैंकका सम्पूर्ण ग्राहकलाई होटेल वृन्दावन प्रा. ली. का विभिन्न सेवा तथा सुविधामा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने छ । होटेल वृन्दावन प्रा. ली. को विभिन्न सेवा तथा सुविधा अन्तर्गत ग्राहकले खानाका परिकार तथा पेय पदार्थमा १०% साथै होटेल कोठाको शुल्कमा ३० प्रतिशतसम्म छुट लिन सक्ने छन् ।

सम्झौता पत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट वीरगन्ज शाखाका प्रबन्धक कृष्ण कुमार महतो र होटेल वृन्दावनको तर्फबाट प्रबन्ध निर्देशक पम्पु सराफले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको बैंकले विभिन्न स्थानमा गरी ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) रहेको छ । बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया