सोमबार, वैशाख ८, २०८२

लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ

नेपालखोज २०८१ माघ २९ गते ११:०४

काठमाडाैं । कोहलपुर नगरपालिका-२ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १०० मिलिग्रामसहित एकजना पक्राउ परेका छन् । सोमबार दिउँसो बैजनाथ गाउँपालिका-२ बस्ने २५ वर्षीय हेमन्त प्रकाश रानालाई प्रहरीले पक्राउ गरेको हाे ।

इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले कोहलपुरबाट चिसापानीतर्फ जाँदै गरेको भे.१० प ८४७८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया