सोमबार, वैशाख ८, २०८२

पोर्चुगल र जापान पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

नेपालखोज २०८१ माघ २९ गते १४:३६

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा डोटी बडीकेदार गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१४ बस्ने २९ वर्षीय पूर्ण बहादुर जेठारा र नुवाकोट बेलकोटगढी नगरपालिका–१२ घर भई काठमाडौं नागार्जुन नगरपालिका–२ बस्ने ३७ वर्षीय राज कुमार लामा रहेका छन् ।

पक्राउ मध्ये पूर्णबहादुरले पोर्चुगल पठाइदिछु भन्दै ३ जना पीडितहरूबाट ९ लाख रूपैयाँ र राजकुमारले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पूर्णबहादुरलाई काठमाडौं महानगरपालिका–१४ बाट र राजकुमारलाई काठमाडौं नागार्जुन नगरपालिका–२ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ

सवारी दुर्घटनामा चार जनाको मृत्यु

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ भाईरल रोडस्थित सडकमा दोधराबाट महेन्द्रनगरतर्फ आउँदै गरेको सु.प्र.प.०१–०१२ प ९२४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका–१२ बस्ने २१ वर्षीय कैलाश सिंह साउँद र मोटरसाइकलमा सवार सोही नगरपालिका–१३ बडैपुर बस्ने २१ वर्षीय गणेश बिष्टको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सप्तरीको बोदेबरसाइन नगरपालिका–३ स्थित सडकमा स.१ त ४६८५ नम्बरको ट्याक्टरले स.१० प ५६१७ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सिराहा नवराजपुर गाउँपालिका–४ बस्ने ४५ वर्षीय जितेन्द्र कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

धनुषाको मिथिला नगरपालिका–२ हजरा चोकस्थित सडकमा जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको म.प्र ०२–००७ प ५०२० नम्बरको स्कुटर सोमबार राति दुर्घटना हुँदा चालक मिथिला नगरपालिका–४ पुस्पलपुर बस्ने ३२ वर्षीय पूर्ण बहादुर बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी मेडिकल कलेज रमदैया हुँदै जानकी हेल्थ केयर जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया