सोमबार, वैशाख ८, २०८२

तोलामा चार सयले बढ्यो सुनको मूल्य

नेपालखोज २०८१ फागुन २ गते ११:०४

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ४०० ले बढेको हो ।

बिहीबार प्रतितोला सुन एक लाख ६९ हजार ८०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ७० हजार २०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला पाँचले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ७० निर्धारण गरिएको छ ।

प्रतिक्रिया