पाकिस्तानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, १५ घाइते
नेपालखोज
२०८१ फागुन ३ गते १९:२७
इस्लामावाद । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा शनिबार तीर्थयात्री बोकेको बस पल्टिँदा १२ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् ।
खैरपुर राष्ट्रिय राजमार्गमा चालकले तीव्र गतिका कारण नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो । यात्रुहरू पूर्वी पञ्जाब प्रान्तबाट सेहवान सहरमा एउटा धार्मिक पर्वका लागि यात्रा गरिरहेका थिए ।
घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको स्रोतले जनाएको छ । खराब सडक, सडक सुरक्षा नियमहरूको उल्लङ्घन र लापरवाही ड्राइभिङका कारण पाकिस्तानमा सडक दुर्घटनाहरू प्रायः हुने गर्दछ । रासस/सिन्ह्वा
सम्बन्धित
प्रतिक्रिया